FAQs Complain Problems

गल्कोट नगरपालिकाः संक्षिप्त परिचय

प्रथम नगरसभाका झलकहरु

नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये बागलुङ जिल्लामा ६ गाँउपालिका र ४ नगरपालिकाको व्यवस्था भएको छ । जसमध्ये एउटा नगरपालिका गल्कोट नगरपालिका पनि हो ।

यी दश स्थानीय तहहरू मध्ये गल्कोट नगरी एक सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण साथै दरमखोला र गौदी खोलाको किनारमा, घुम्टे पहाडको काखमा रहेको प्रचुर सम्भावनायुक्त नगरपालिका हो । कालिलेक, निलुवा, ऐतिहासिक गलकोट दरवार र गोलकोत, निउरेको धुरी जस्ता प्राकृतिक छटाहरुले यसलाई झनै आकर्षक र विविधतायुक्त बनाउनुका साथै थप सम्भावनाहरू प्रदान गरेको छ ।

यो नगरपालिका १९४.३९  वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र वि.सं. २०७८ को जनगणना अनुसार ३०५८८ जना मानिसहरु बस्ने थलो हो । र वि.सं. २०७४ को  निर्बाचनको तथ्याङ्क अनुसार कुल मतदाता २०११९ जना रहेको छ ।

साविकका दुदिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेवास, पाण्डवखानी र रिघा गरि ८ वटा गाँउ विकास समितिहरु मिलि ११ वडाहरू मिलेर गल्कोट नगरपालिका बनेको छ । यस नगरमा खस (ब्राह्मण, क्षेत्री, ठकुरी), जनजाती (मगर,नेवार) अल्पसंख्यकहरु, दलितहरु र मुस्लिम जस्ता विभिन्न जात, जाति एवम् भिन्दा भिन्दै भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छ ।

Poll

गल्कोट नगरपालिकाको सेवा प्रवाह कस्तो छ ।