FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नयाँ नाम दर्ता तथा नविकरण सम्बन्धि सुचना

गल्कोट नगरपालिका भित्र स्थायी बसोवास गरिरहेका जेष्ठ नागरिक/एकल महिला/पुर्ण अशक्त अपाङ्गता/ आँशिक अपाँङगता लगायत सामाजिक सुरक्षाको लाभग्राहीहरुले आ-आफ्नो वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रयोजनको लागी मिति २०७४ श्रावण देखी २०७४ मँसिर १५ गते भित्र तपसिल बमोजिमको कागजात सँलग्न गरी नया नाम दर्ता तथा नविकरण गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ । साथै नाम दर्ता र नविकरणको लागि सामाजिक सुरक्षा कार्यक्रम सँचालन कार्यविधि २०७२ को अनुसुची ३ (क), ३ (ख) तथा नयाँ नविकरणका लागि अनुसुची ४ बमोजिमको निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालयवाट प्राप्त गर्न सकिने ब्यहोरा समेत जानकारीको लागी अनुरोध छ ।

 

आवश्यक कागजातहरुः

  1. जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. एकल महिलाको हकमा पतिको मृत्यु वा सम्बन्ध विच्छेद प्रमाणपत्रको प्रतिलिपि
  3. अपाङ्गताको हकमा महिला तथा वालवालिका कार्यालयवाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि
  4. नागरिकता तथा अन्य जिल्लाको भएमा वसाईसराई प्रमाणपत्रको प्रतिलिपि
  5. हालसालै खिचिएको पासपोट साईजको फोटो दुई प्रति

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Poll

गल्कोट नगरपालिकाको सेवा प्रवाह कस्तो छ ।